अर्थ र गृहमन्त्रीलाई सँगै राखेर ओली र देउवाबीच भेट, सत्ता सहकार्यलाई बलियो बनाउनेमा जोड

बिजमाण्डू
२०८२ बैशाख १४ गते ०७:०० | Apr 27, 2025
अर्थ र गृहमन्त्रीलाई सँगै राखेर ओली र देउवाबीच भेट, सत्ता सहकार्यलाई बलियो बनाउनेमा जोड


काठमाडौं । सरकार परिवर्तनको हल्लाबीच प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

Tata
GBIME
NLIC

शनिबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दुई नेताबीच भेटवार्ता भएको हो। छलफलका क्रममा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पौडेलसँगै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

छलफलका क्रममा ओली र देउवाले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउँदै सहकार्यलाई बलियो बनाउने धारणा राखेका थिए।