गृहमन्त्रीको ‘ग्रीन सिग्नल’पछि रातारात घरबाट समातिएकी थिइन् कांग्रेस सांसद माया राई

बिजमाण्डू
२०८२ बैशाख १४ गते ०६:५५ | Apr 27, 2025
गृहमन्त्रीको ‘ग्रीन सिग्नल’पछि रातारात घरबाट समातिएकी थिइन् कांग्रेस सांसद माया राई


काठमाडौं । राजनितिक संरक्षणको आडमा बच्दै आएकी काग्रेस सांसद माया राई अन्ततः पक्राउ परेकी छन्। सहकारी ठगी र संगठित अपराधमा आरोपी भएको खुले पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन। ठेगना नखुलेको भन्दै उनले उन्मुक्ति पाउँदै आएकी थिइन्।

Tata
GBIME
NLIC

खोजीको सूचीमा रहँदै गर्दा उनी पछिल्लो समय संसद भवन भित्रै पुगिन्। प्रहरीले खोजी रहेको व्यक्ति सरासर संसद भित्र प्रवेश गरेर हाजिर पश्चात निस्किएको सार्वजनिक भएपछि चर्को विरोध भएको थियो।

त्यसपछि राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति पक्राउ गरेको हो। कपनमा रहेको उनको घरबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

राई संसद भवनमा पुगेको खुलेपछि भएको चर्को विरोध पश्चात गृहमन्त्री रमेश लेखकले प्रहरीलाई पक्राउ गर्न आदेश दिएको प्रहरी स्रोतले बताएको छ।

पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ। करिब ७ महिना अगाडी कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा उनी संलग्न भएको खुलेको थियो। उनले सहकारीको संचालकमा बसेर काम गरेकी थिइन्।

प्रहरीको फरार सुचीमा भए पनि उनले संसदबाट पाउने तलब सुविधा भने बुझ्दै आएकी थिइन्। उनी नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन्।

सहकारी ठगीको आरोप लागेको राप्रपा सांसद गिता बस्नेत भने अझै फरार छिन्।