दुर्गा प्रसाईंको फर्मका कर्जामा राष्ट्र बैंकले देखायो समस्या, सीआइबीले थाल्यो अनुसन्धान

बिजमाण्डू
२०८२ बैशाख ८ गते १५:०७ | Apr 21, 2025
दुर्गा प्रसाईंको फर्मका कर्जामा राष्ट्र बैंकले देखायो समस्या, सीआइबीले थाल्यो अनुसन्धान
फाइल तस्वीर


काठमाडौं। राजावादी समूहका दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरि अनुसन्धान सुरु गरेको हो।

Tata
GBIME
NLIC

प्रसाईंले आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि ऋण लिएका फर्महरुमा समस्या देखिएपछि अनुसन्धान सुरु गरेको एक अनुसन्धान अधिकृतले बताए।

‘उहाँले ऋण लिएका फर्महरुमा समस्या देखिएको छ। त्यसैमा अनुसन्धान थालेका हौं,’ ती प्रहरी अधिकृतले भने।

प्रसाईं विवादस्पद मेडिकल व्यवसायी पनि हुन्। करौडौं ऋण लिएर उनले व्यवसाय सञ्चालन गरेका छन्। बैंकको ऋण र ब्याज समेत समयमा नबुझाएपछि उनी बेलाबखतमा विवादमा आउने गरेका छन्।

नेपाल राष्ट्र बैंकले पहिलो चरणको अनुसन्धान गरेर थप अनुसन्धानको लागि फाइल सीआइबीलाई बुझाएको थियो। गत चैत १५ गते तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनापछि पक्राउ परेका प्रसाईं हाल जिल्ला प्रहरी परिसर काठमाडौंको थुनामा छन्।