रास्वपाले रविका कारण सार्‍यो महाधिवेशन, वैशाखको साटो फागुनमा, तोकिए प्रदेश इन्चार्ज

बिजमाण्डू
२०८२ बैशाख ४ गते १९:२८ | Apr 17, 2025
रास्वपाले रविका कारण सार्‍यो महाधिवेशन, वैशाखको साटो फागुनमा, तोकिए प्रदेश इन्चार्ज


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख २५ देखि २७ सम्मका लागि तय महाधिवेशन फागुनमा धकेलेको छ। पार्टी सभापति रवि लामिछाने सहकारीको रकम हिनामिनाको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका कारण रास्वपाले महाधिवेशन ९ महिनापछि धकेलेको हो।

Tata
GBIME
NLIC

रास्वपाको केन्द्रीय समितिको बिहीबार बसेको बैठकले महाधिवेशन आगामी फागुन ७ देखि ९ सम्म चितवनमा गर्ने निर्णय गरेको छ।

बैठकको निर्णय अनुसार असोजसम्म वडा, कात्तिकसम्म पालिका, मंसिरसम्म जिल्ला र माघ १५ सम्म प्रदेश अधिवेशन गरिनेछ। रास्वपाले हालसम्म १९७५ वडा समिति गठन गरी ७०० वडामा अधिवेशन गरेको छ।

केन्द्रीय समितिले प्रदेश इन्चार्ज तोकेको छ। प्रादेशिक कमिटीहरूलाई सशक्त बनाउँदै जिल्ला कमिटीहरुलाई सक्रिय बनाउन भन्दै रास्वपाले प्रदेश इन्चार्ज तोकेको हो।

कोशीमा सन्तोष परियार, मधेसमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीामा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल इन्चार्ज तोकिएका छन्।