‘एक व्यक्ति एक पद’ हुनुपर्ने भन्दै सुमना श्रेष्ठले दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा

बिजमाण्डू
२०८२ बैशाख ४ गते ११:१२ | Apr 17, 2025
‘एक व्यक्ति एक पद’ हुनुपर्ने भन्दै सुमना श्रेष्ठले दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। ‘एक व्यक्ति एक पद’ लागु गर्नुपर्ने प्रस्तावसहित श्रेष्ठले राजीनामा दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बताए।

Tata
GBIME
NLIC

आफू प्रतिनिधि सभा सदस्यको काममै बढी सक्रिय हुन चाहेकाले राजीनामा गरेको व्यहोरा राजीनामा पत्रमा उल्लेख भएको उनको भनाइ छ।

‘सभापति रवि लामिछानले पार्टीको पुनर्संरचना गर्नुपर्ने छ भन्नुभए अनुसार उहाँले एक व्यक्ति एक पद भनेर राजीनामा दिनुभएको छ,’ झाले भने।

बिहीबार बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा उनको राजीनामा स्वीकृत गर्ने तयारी छ।