नदीको बहाव घट्दा मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन ४० प्रतिशतमा सीमित

बिजमाण्डू
२०८१ चैत्र ३० गते ०७:४० | Apr 12, 2025
नदीको बहाव घट्दा मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन ४० प्रतिशतमा सीमित


तनहुँ। मर्स्याङ्दी नदीको बहाव घटेसँगै आँबुखैरेनी-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन ३० मेगावाटमा सीमित भएको छ। केन्द्र ६९ मेगावाट क्षमताको हो।

GBIME
Tata

सुक्खायाम लम्बिएर नदीमा पानीको बहाव घट्दा उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले बताए। ‘यस वर्षको हिउँदमा पानी परेन, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ,’ उनले भने।

हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिए। केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन छन्। केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ।

सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले बताए। ‘वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने विश्वास लिइएको छ,’ उनले भने।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो। चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि प्रभावित हुने गरेको छ। रासस