सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा, चाँदीमा २५ रुपैयाँको गिरावट

बिजमाण्डू
२०८१ चैत्र २१ गते ११:२० | Apr 3, 2025
सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा, चाँदीमा २५ रुपैयाँको गिरावट


काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। बिहीबार सुन प्रति तोला १ लाख ८० हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

अघिल्लो दिनको भन्दा सुन तोलामा १२ सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिनका तुलनामा १ हजार ८ सय रुपैयाँ बढ्दा मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको थियो। सोमबार १ लाख ७७ हजार ९ सय रुपैयाँ भएको थियो।

आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेर प्रति तोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने लगातार घटिरहेको छ। बिहीबार चाँदी २५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँ छ।

बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रति तोला २ हजार २० रुपैयाँ थियो। सोमबार र मंगलबार तोलाको २ हजार ३५ रुपैयाँमा कारोबार मूल्य स्थिर थियो भने त्यसअघि आइतबार २ हजार २५ रुपैयाँ थियो।

अन्तर्राष्टिय बजारमा बिहीबार सुनको भाउ प्रति औंस ३१३५.२२ डलर छ। चाँदी ३३.२ डलरमा करोबार भइरहेको छ।