
काठमाडौं। हवाई मार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकको संख्या घटेको छ। यो वर्ष मार्चमा पोहोर सोही अवधिको तुलनामा पर्यटकको संख्या घटेको हो।
पोहोर मार्चमा १ लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल आएकामा यसपालिको मार्चमा १ लाख २१ हजार ६८७ विदेशीले नेपाल भित्रिएका छन्।
दक्षिण एसिया, एसिया, युरोप, अमेरिका, आसियाना लगायतबाट आउने पर्यटकको संख्या घटेको नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकले देखाएको छ। दक्षिण एसियाली पर्यटकको संख्या सबैभन्दा धेरै १३.४ प्रतिशतले घटेको छ।
मार्चमा सबैभन्दा धेरै पर्यटक आउने देशमा भारत, चीन, अमेरिका, श्रीलंका, बेलायत, थाइल्याण्ड, जर्मनी, अस्ट्रेलिया, म्यानमार र बंगलादेश छन्।
भारतबाट २१ हजार ४१२, चीनबाट ११ हजार ४४३, अमेरिकाबाट ११ हजार ९२, श्रीलंकाबाट ८ हजार ८८६, बेलायतबाट ५ हजार ९९५, थाइल्याण्डबाट ४ हजार ९८६, जर्मनीबाट ४ हजार ७०९, अस्ट्रेलियाबाट ४ हजार २२८, म्यानमारबाट ३ हजार ७५४ र बंगलादेशबाट ३ हजार ५७६ पर्यटक नेपाल आएका छन्।