इद उल फित्रमा सोमबार सार्वजनिक बिदा दिने तयारी, मुस्लिम आयोगको पत्र कुर्दै गृह मन्त्रालय

बिजमाण्डू
२०८१ चैत्र १७ गते १७:१५ | Mar 30, 2025
इद उल फित्रमा सोमबार सार्वजनिक बिदा दिने तयारी, मुस्लिम आयोगको पत्र कुर्दै गृह मन्त्रालय


काठमाडौं। सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रका अवसरमा सोमबार बिदा दिने तयारी गरेको छ। गृह मन्त्रालय बिदाको सूचना निकाल्न मुस्लिम आयोगको पत्र कुरेर बसेको छ।

Tata
GBIME
NLIC

आइतबार चन्द्रमा देखिएमा इद उल फित्र सोमबार सकिनेछ। आयोगले धर्मगुरुहरुसहित चन्द्रमा देखिने साइत हेरिरहेको छ।

आइतबार चन्द्रमा देखिएमा सोमबार बिदा दिनका लागि आयोगले गृह मन्त्रालयलाई पत्र पठाउनेछ। ‘आज चन्द्रमा देखिने सम्भावना धेरै छ। पत्र हामीले तयार पारेका छौं,’ आयोगका शाखा अधिकृत मिनराज आचार्यले भने।

गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्य आयोगको सिफारिस पत्र आएपछि बिदाको सूचना जारी गर्ने बताए। ‘आयोगबाट सिफारिस आएपछि हामी सूचना जारी गर्छौं,’ आचार्यले भने।