अर्थमन्त्री पौडेलले भने- लोकप्रिय बजेट आउँदैन, सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गरौं

बिजमाण्डू
२०८१ चैत्र १९ गते १६:२६ | Apr 1, 2025
अर्थमन्त्री पौडेलले भने- लोकप्रिय बजेट आउँदैन, सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गरौं


काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आवका लागि लोकप्रिय बजेट नआउने बताएका छन्।

Tata
GBIME
NLIC

उनले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र मन्त्रालयका अधिकारीसँगको छलफलमा बजेट लोकप्रियभन्दा यथार्थपरक आउने बताए।

‘वितरणमुखी र लोकप्रियभन्दा यथार्थपरक र कार्यान्वयनयोग्य कार्यक्रम तथा योजना अहिलेको आवश्यकता हो,’ पौडेललाई उद्यृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।

पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीररुपमा समीक्षा गरी एकीकृत गर्नुपर्नेमा जोड दिए। ‘विभिन्न मन्त्रालय र निकायसँग भएका सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई एकीकृत गर्न आवश्यक छ,’ उनले भने।

उनले भण्डारीलाई श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिएर कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे। छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गर्न सुझाव दिएका थिए।