म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, ‘बडी ब्याग’को मूल्य ह्वात्तै बढ्यो

बिजमाण्डू
२०८१ चैत्र १८ गते १७:४८ | Mar 31, 2025
म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, ‘बडी ब्याग’को मूल्य ह्वात्तै बढ्यो
Photo : Reuters


म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ।

Tata
GBIME
NLIC

हालसम्म दुई हजार ५६ जनाको मृत्यु भएको म्यानमारको जुन्ता सरकारले जनाएको छ। ३ हजार ९०० भन्दा बढीफ घाइते भएका छन्।

२७० जना अझै हराइरहेका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने विभिन्न आंकलन पनि भइरहेको छ।

मृतकको संख्या बढ्दा दाहसंस्कार गर्ने स्थलहरुमा चाप बढेको छ। यस्तै, अस्पतालहरुमा पनि बिरामी र घाइतेको चाप बढेको बताइन्छ।

मृतकको शरीर राख्ने ‘बडी ब्याग’ को मूल्य नै बढेको छ। पहिला ९ हजार क्याट्स (करिब ५८५ रुपैयाँ) पर्ने ब्यागको मूल्य अहिले १० हजार देखि २० हजार क्याट्स (६५० रुपैयाँदेखि १ हजार ३०० रुपैयाँसम्म) पुगेको छ।