कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँ क्षति, ६४ लाखको सामान नष्ट

बिजमाण्डू
२०८१ चैत्र १८ गते १०:०६ | Mar 31, 2025
कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँ क्षति,  ६४ लाखको सामान नष्ट


काठमाडौं । शुक्रबार राजावादी अराजक समूहले गरेको तोडफोड र लुटपाटबाट कोटेश्वरको भाटभटेनीमा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ।

Tata
GBIME
NLIC

तीनकुनेमा आगजनी गर्दै कोटेश्वर पुगेको अराजक भिडले भाटभटेनी सुपरमार्केटमा ढुंगामुढा गरेर भवन र गाडीमा क्षति पुर्‍याएका थिए।

त्यसपछि सुपरमार्केट भित्रै पसेर सामानहरु लुटिएको थियो। प्रहरीले तोडफोड र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ।

तोडफोडबाट भवनमा ११ लाख ८५ हजार बराबरको क्षति पुगेको भाटभटेनीले जनाएको छ। यस्तै, करिब ६४ लाख ८८ हजार रुपैयाँको समान नष्ट भएको छ।

दुई लाख ६५ हजार रुपैयाँको फ्रिजर र शोकेस क्षति पुगेको छ। यस्तै, ९४ हजार रुपैयाँ नगद चोरी भएको छ।

भाटभटेनीले यही रकम बराबर इन्स्योरेन्स दाबी गर्दे भएको छ।