
बार्सिलोनाले स्पेनिल ला लिगाको शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ। आज सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ हराउँदै शीर्षस्थानमा वर्चस्व बनाएको हो।
बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्किले दुई गोल गर्दा फेरान टोरेसले एक गोल गरे।
खेलको ४३ औँ मिनेटमा जिरोनाका लादिस्लाभ क्रेजचीले आत्मघाती गोल गर्दा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। तर, ५३ औँ मिनेटमा अर्नौट डन्जुमाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।
बार्सिलोनाका लागि ६१ र ७७ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल आफ्नो पक्षमा ल्याए। त्यस्तै टोरेसले ८६ औँ मिनेटमा गोल थप्दा बार्सिलोनाले ४-१ गोलको सहज जित निकाल्न सफल भयो। योसँगै २९ खेल खेलेको बार्सिलोना ६६ अंकसहित तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ६३ अंक बनाएर पछ्याइरहेको छ।