
काठमाडौं। आईसीसी यू-१९ पुरुष विश्वकप एसिया क्वालिफायर प्रतियोगिताको कमर्सियल राइटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आव्हान गरेको छ। २०२५ को अप्रिल १३ देखि १९ सम्म मुलपानीको दुईवटा मैदानमा आयोजना हुने यो प्रतियोगिताका लागि न्यूनतम प्रायोजन रकम ५० लाख पैयाँ (कर बाहेक) तोकिएको छ।
प्रतियोगिताको प्रसारण गर्न दुबै मैदानमा १० क्यामेराको सेटअप गरिनेछ। प्रायोजकले क्यानको वर्तमान प्रायोजकहरूसँग जुध्ने ब्रान्डलाई प्रचार गर्न पाउने छैनन्। नेपाली यू-१९ टोलीको मुख्य प्रायोजक लामो समयदेखि चौधरी ग्रुपको वाइवाइ छ।
नेपाल सरकारको कानून अनुसार सञ्चालन भएका सबै ब्रान्डहरूले यसमा आवेदन दिन सक्ने क्यानले जनाएएको छ।
आवेदन दिनका लागि २०२५ अप्रिल १ सम्मको मिति तोकिएको छ।
