ब्राजिलमाथि फराकिलो जित निकाल्दै अर्जेन्टिनाले गर्‍यो विश्वकपमा स्थान सुरक्षित

बिजमाण्डू
२०८१ चैत्र १३ गते ०९:०१ | Mar 26, 2025
ब्राजिलमाथि फराकिलो जित निकाल्दै अर्जेन्टिनाले गर्‍यो विश्वकपमा स्थान सुरक्षित


अर्जेन्टिनी फुटबल टोलीले फिफा विश्वकप २०२६ का लागि स्थान सुरक्षित गरेको छ। आज सम्पन्न दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा चिर प्रतिस्पर्धी ब्राजिलमाथि ४-१ गोलको फराकिलो जित निकाल्दै अर्जेन्टिना विश्वकप पुगेको हो।

Tata
GBIME

अर्जेन्टिनाको बुएनोस एरिजस्थित स्टेडियो मास मनुमेन्टलमा सम्पन्न खेलमा अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेज, इन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जुलियानो सिमेओनले गोल गरे। अर्कोतर्फ ब्राजिलका लागि म्याथुस कुन्हाले निर्णायक गोल गरे। अर्जेन्टिनी टोलीका नियमित कप्तान लियोनल मेस्सी र ब्राजिली टोलीमा पुनरामगन कुरिरहेका नेइमार आजको खेलमा सहभागी थिएनन्।

यो जितसँगै अंकतालिकामा अर्जेन्टिनाको स्पस्ट ८ अंकको अग्रता छ। अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक बनाउँदा दोस्रो स्थानको इक्वेडरले समान खेलबाट २३ अंक बनाएको छ। तेस्रो, चौथो र पाँचौँ स्थानका उरुग्वे, ब्राजिल र पाराग्वेको समान २१ अंक छ।