
पञ्जाव किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा पञ्जावले घरेलु टोली गुजरातलाई ११ रनले हराउँदै विजयी सुरुवात गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४३ रनको विशाल स्कोर खडा गरेको थियो। पञ्जाबका लागि कप्तान श्रेयस ऐय्यरले ४२ बलमा ५ चौका र ९ छक्काको सहायतामा सर्वाधिक अविजित ९७ रन बनाए। त्यस्तै प्रियान्स आर्यले ४७ रन बनाउँदा शशांक सिंह ४४ रनमा अविजित रहे।
बलिङतर्फ गुजरातका साइ किशोरले ३ विकेट लिँदा राशिद खान र कागिसो रबाडाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरात ५ विकेट गुमाएर २३२ रनमा समेटियो। गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ७४ रन बनाउँदा जोस बटलरले ५४, शेरफफेन रुथरफोर्डले ४६ तथा शुभमन गिलले ३३ रन बनाए।
बलिङतर्फ अश्रदीप सिंहले २ विकेट लिँदा मार्को जेनसन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।
आईपीएलमा बुधबार राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स भिड्दैछन्।