
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको जर्सीको प्रायोजनका लागि बिडिङ खोलेको छ। क्रिकेट टोलीको जर्सीको अघिल्लो भागमा ब्राण्डको नाम देखिने गरि स्पोन्सरको प्लेसमेन्ट रहने छ।
क्यानले तीन वर्षका लागि हुने गरि बिडिङ गर्नुपर्ने जनाएको छ। यसमा वार्षिक कम्तीमा २ करोड रुपैयाँको बिड गर्नु पर्नेछ। यो रकममा हरेक वर्ष १० प्रतिशतले वृद्धि हुनेछ। अर्थात पहिलो वर्षमा दुई करोडमै डिल भए दोस्रो वर्ष २ करोड २० लाख र तेस्रो वर्ष २ करोड ४२ लाख रुपैयाँ क्यानलाई दिनुपर्नेछ।
क्यानको यो बिड न्यूनतम मुल्यमा बिड भएको अवस्थामा कम्तिमा ६ करोड ४२ लाख रुपैयाँमा हुनेछ।
यसमा सहभागी हुन ३० हजार रुपैयाँ डिपोजिट गरेर अप्रिल ११ सम्म आवेदन दिनुपर्नेछ।
