सुरु भयो आईपीएल : नाचे शाहरुख र विराट, कोलकातालाई हराउँदै बेङ्ग्लुरुको विजयी सुरुवात

बिजमाण्डू
२०८१ चैत्र ९ गते २३:५१ | Mar 22, 2025
सुरु भयो आईपीएल : नाचे शाहरुख र विराट, कोलकातालाई हराउँदै बेङ्ग्लुरुको विजयी सुरुवात
विराट कोहली र शाहरुख खान। तस्बिर: आईपीएल


इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले विजयी सुरुवात गरेको छ। कोलकाताको इडन गार्डन स्टेडियममा आज सम्पन्न खेलमा बेङ्ग्लुरुले घरेलु टोलीलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो।

Tata
GBIME

धुमधामका साथ गरिएको उद्घाटन समारोहमा शाहरुख खानले विराट कोहली र रिंकु सिंहसँग ‘लुटपुट गया’मा नृत्य गरेका थिए।  त्यस्तै करण अजुलिया र दिसा पटानीले पनि पर्फमेन्स दिएका थिए। त्यस्तै, श्रेया घोसालले पनि गीत गाउँदै उद्घाटनको माहोल भब्य बनाएकी थिइन्।

उद्घाटन खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। यसक्रममा अजिंक्य रहाणेले सर्वाधिक ५६ रन बनाउँदा सुनिल नारेनले ४४ तथा अङक्रिस रघुवंशीले ३० रन बनाए।

बलिङतर्फ बेङ्ग्लुरुका क्रुणाल पाण्ड्याले ३ विकेट लिँदा जोस हेजलवुडले २ तथा यस डायल, रसिक सलाम र सुयस शर्माले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले १६.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। बेङ्ग्लुरुका लागि विराट कोहलीले सर्वाधिक अविजित ५९ रन बनाउँदा फिल साल्टले ५६ तथा रजत पतिदारले २६ रन बनाए।

बलितर्फ कोलकाताका वैवभ अरोर, बरुण चक्रवर्ती र सुनिल नारेनले समान १ विकेट लिए।