राष्ट्रिय वाणिज्य बैंकमा ९४ कर्मचारी नियुक्त, काम सुरु गर्नुअघि १४ दिने पूर्वसेवाकालीन तालिम

बिजमाण्डू
२०८१ फागुन २५ गते १५:३३ | Mar 9, 2025
राष्ट्रिय वाणिज्य बैंकमा ९४ कर्मचारी नियुक्त, काम सुरु गर्नुअघि १४ दिने पूर्वसेवाकालीन तालिम


काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले आफ्ना विभिन्न कार्यालयका लागि ९४ कर्मचारी नियुक्त गरेको छ। बैंकले सहायक पदमा ९४ कर्मचारी नियुक्त गरेको हो।

Tata
GBIME

लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छानिएकाहरुलाई गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तरगत नियु्कत गरेको बैंकले जनाएको छ। बैंकले नवनियुक्त कर्मचारीका लागि काठमाडौंमा चौध दिने पूर्व सेवाकालीन तालिम सञ्चालन गरेको छ।

तालिम उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिमले बैंकिङ काम प्रति ज्ञान बढाउने बताए। उनले नवनियुक्त कर्मचारीहरुलाई प्रतिस्पर्धी बजारमा खरोरुपमा उत्रन निर्देशन दिए।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध अवगत गराए।

मानव संशाधन विभागका प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त कर्मचारीहरुलाई कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएको बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।