
काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि जारी गरेको आवेदन संख्या थप गरेको छ।
प्रहरीले २०८१ साल भदौ २८ गते विज्ञापन प्रकाशित गरेको सूचनामा प्रहरी निरीक्षक ६४ जना र सहायक निरीक्षक २५६ जनाको लागि दरखास्त खुलाएको थियो।
विज्ञापनमा माग गरिएको संख्या रिक्त हुन आएकोले अहिले संख्या फेरि थप गरिएको जनाइएको छ।
अब प्रहरी निरीक्षकमा थप गरिएको संख्या १३ सहित कूल संख्या ७७ पुगेको छ। यस्तै, सहायक निरीक्षकको संख्या ६० थपिँदा कूल संख्या ३१६ पुगेको छ।
