अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

बिजमाण्डू
२०८१ माघ २८ गते १६:१९ | Feb 10, 2025
अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त


काठमाडौं। अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। प्रति सेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

Tata
GBIME
NLIC

सेयर निष्कासनका लागि भएको सम्झौतामा अर्बिट इनर्जीका महाप्रबन्धक सुदीप खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

अर्बिट इनर्जीले संखुवासभाको सभापोखरी गाँउपालिकास्थित साभाखोलामा २१.५ मेगावाटको सभा खोला बी र ६.३ मेगावाट क्षमताको सभा खोला सी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सकिएको कम्पनीले जनाएको छ।

आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राइभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरू जडान गरिएको छ। आगामी १ वर्षभित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ।

कम्पनीले आगामी दिनमा अन्य आयोजनामा समेत लगानी गर्ने योजना बनाएको जानकारी दिएको छ।