
काठमाडौं। काठमाडौंको बुढानिलकण्ठको एक घरमा प्रहरीले छापा मारेको छ। जुवा खेलाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
क्रिप्टोको कारोबारसहित जुवा खेलिरहेको अवस्थामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए।