अर्थमन्त्री पौडेलले आज संसद्‍मा ‘बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्ने

बिजमाण्डू
२०८१ माघ २४ गते ०८:२४ | Feb 6, 2025
अर्थमन्त्री पौडेलले आज संसद्‍मा ‘बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्ने
फाइल तस्बिर।


काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‍मा ‘आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्ने भएका छन्।

Vigo
GBIME
Tata

अर्थमन्त्री पौडेलले बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा बैठकमा उक्त प्रतिवेदन पेस गर्ने संसद्‍को दैनिक कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, बिहीबारकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८०’ पनि पेस गर्ने कार्यसूची तय भएको छ। कार्यसूची अनुसार राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने छन्।

त्यसका साथै अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने छन्।

यस्तो छ संसद्‍को सम्भावित कार्यसूची