समाज लघुवित्तको नाफा ९९.७६ प्रतिशत घट्यो, प्रति सेयर आम्दानी पनि ऋणात्मक

बिजमाण्डू
२०८१ माघ २१ गते १०:५६ | Feb 3, 2025
समाज लघुवित्तको नाफा ९९.७६ प्रतिशत घट्यो, प्रति सेयर आम्दानी पनि ऋणात्मक


काठमाडौं। समाज लघुवित्तले नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको नाफा ९९.७६ प्रतिशतले खुम्चिएको छ।

Tata
GBIME
NLIC

पुस मसान्तसम्म लघुवित्तले १२ हजार खुद नाफा गरेको छ। पोहोर ६ महिनामा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ नाफा गरेको थियो। लघुवित्तको कर्जा नोक्सानी घटे पनि ब्याज आम्दानी र फी-कमिसन घट्दा नाफा खुम्चिएको हो।

चालु आवको ६ महिनामा लघुवित्तले ९५ लाख ५१ हजार प्रोभिजनिङ गरेको छ। पोहोर ६ महिनामा लघुवित्तको प्रोभिजनिङ ३ करोड ११ लाख थियो। लघुवित्तको ब्याज आम्दानी ४७.४६ प्रतिशतले घटेर १ करोड ६ लाखमा खुम्चिएको छ। फि कमिसन ६१.८३ प्रतिशतले खुम्चिएको छ।

लघुवित्तको खराब कर्जा भने बढेको छ। पोहोर ६ महिनामा ४.८२ प्रतिशत रहेको खराब कर्जा अहिले ४.९० पुगेको हो। प्रति सेयर आम्दानी ऋणात्मक छ भने नेटवर्थ २२२.०२ रुपैयाँ छ।