
काठमाडौं। सुनको मूल्यमा सोमबार झिनो गिरावट छ। अघिल्लो दिनको भन्दा तोलामा एक सय रुपैयाँ घटेर कारोबार मूल्य प्रति तोला १ लाख ५७ हजार रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबारका तुलनामा ८ सय रुपैयाँ घटेर आइतबार कारोबार मूल्य प्रति तोला १ लाख ५७ हजार १ सय रुपैयाँ भएको थियो।
चाँदीको मूल्य सोमबार स्थिर छ। गत शुक्रबारका तुलनामा ३० रुपैयाँ घटेर आइतबार प्रति तोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २७०५.९४ डलरले कारोबार भइरहेको छ। आइतबार २७०३.२ डलर थियो।
चाँदी प्रति औंस ३०.४ डलरमा स्थिर छ।