सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न, संचालक समितिको अध्यक्षमा राहुल अग्रवाल चयन

बिजमाण्डू
२०८१ पुष २९ गते १७:०९ | Jan 13, 2025
सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न, संचालक समितिको अध्यक्षमा राहुल अग्रवाल चयन


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

Tata
GBIME
NLIC

साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैँयाको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

यस्तै, ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरिएको छ।

बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र विरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिब्ग्स प्रा.लि) र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित भएका छन्।

साथै, बैंकको संचालक समितिको बैठकले राहुल अग्रवाललाई बैंक संचालक समितिको अध्यक्ष चयन पनि गरेको छ।