माघका लागि अधिकांश बैंकको निक्षेपको ब्याजदर यथावत, कुन बैंकको कति ?

बिजमाण्डू
२०८१ पुष २९ गते ०९:४१ | Jan 13, 2025
माघका लागि अधिकांश बैंकको निक्षेपको ब्याजदर यथावत, कुन बैंकको कति ?


काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका छन्। पुस महिनाको तुलनामा माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर यथावत राखिएको हो।

Tata
GBIME
NLIC

माघमा १८ वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा यथावत राखेका छन्। बाँकी दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन्।

माघकाे लागि एनआईसी एसिया बैंककाे ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिसश छ भने कम कृषि विकास बैंककाे रहेकाे छ।कृषि विकास बैंकले माघ महिनाकाे लागि ५.५१ प्रतिशत ब्याजदर कायम गरेकाे छ।

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असाजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्।

कुन बैंकको ब्याजदर कति ?

बैंककात्तिकमंसिरपुसमाघ
नबिल६.२५५.७५५.७५५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा६.५६.५६.५६.५
माछापुच्छ्रे
हिमालयन६.२५६.२५६.२५६.२५
नेपाल एसबिआई५.५
एभरेष्ट
एनआईसी एसिया६.९९६.७९६.६६.६
स्ट्यान्डर्ड चार्टर्ड६.५६.२५६.२५६.२५
लक्ष्मी सनराइज५.७५५.७५५.७५
कुमारी६.०१५.९१५.९१५.९१
सिद्धार्थ
सानिमा६.१५६.१५६.०५६.०५
एनएमबि६.५५.७५६.६६.६
प्रभु६.१६.१६.१६.१
ग्लोबल आइएमई६.२५५.७५५.७५५.७५
सिटिजन५.७५५.६५५.६५५.६५
प्राइम कमर्सियल५.७५६.२५६.२५
कृषि विकास५.७५५.५३५.५७५.५१
नेपाल बैंक५.९५५.९५५.६५.६
राष्ट्रिय वाणिज्य बैंक५.८