![रेमिटेन्स वृद्धिदर घट्यो, पाँच महिनामा भित्रियो ६.४० खर्ब, मंसिरमा मात्रै १.१९ खर्ब रेमिटेन्स वृद्धिदर घट्यो, पाँच महिनामा भित्रियो ६.४० खर्ब, मंसिरमा मात्रै १.१९ खर्ब](https://bizmandu.com/wp-content/uploads/2024/07/Rastra_Bank_NRB_Rojan-Shrestha-1.jpg)
काठमाडौं। रेमिटेन्स वृद्धिदर खुम्चिन पुगेको छ। चालु आर्थिक वर्ष पाँच महिनामा रेमिटेन्स ४.४ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब १९ अर्ब रुपैयाँ मंसिर महिनामा भित्रिएको हो।
साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड, भदौमा १ खर्ब २६ अर्ब, असोजमा १ खर्ब ४४ र कात्तिकमा १ अर्ब १४ रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।
रेमिटेन्सको वृद्धिदर पोहोर पाँच महिनामा २४.२ प्रतिशत थियो।
यसपालि पुनः श्रम स्वीकृति लिने संख्या पोहोरको तुलनामा केही बढे पनि रेमिटेन्स वृद्धिदर भने घटेको हो।
यो वर्ष पाँच महिनामा १ लाख ९० हजार ३८४ युवाले अन्तिम श्रम स्वीकृति र १ लाख ३५ हजार ४२५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
पोहोर पाँच महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ७१ हजार ९७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २ हजार ५०२ थियो।