नेपालमा अन्तर्राष्ट्रिय उडानमार्फत ५० लाखले लिए सेवा, भित्रिनेभन्दा बाहिरिने बढी, कतार एयरवेज पहिलो

बिजमाण्डू
२०८१ पुष २२ गते १६:२९ | Jan 6, 2025
नेपालमा अन्तर्राष्ट्रिय उडानमार्फत ५० लाखले लिए सेवा, भित्रिनेभन्दा बाहिरिने बढी, कतार एयरवेज पहिलो


काठमाडौं। सन् २०२४ मा नेपालबाट अन्तर्राष्ट्रिय उडानतर्फ करिब ५० लाख यात्रुले सेवा लिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार एक वर्षमा ४९ लाख ६३ हजार ३६४ यात्रुले अन्तर्राष्ट्रिय उडानतर्फको सेवा लिएका हुन्।

Tata
GBIME
NLIC

यो अवधिमा ३३ हजार २४७ अन्तर्राष्ट्रिय उडान अवतरण भएको क्यानले जनाएको छ। नेपालबाट १६ हजार ६२० उडान भएको तथ्यांक छ।

२५ लाख ९५ हजार ३२७ यात्रु नेपालबाट बाहिरिंदा २३ लाख ५५ हजार ८४९ यात्रु भित्रिएको क्यानले जनाएको छ।

नेपालमा करिब ३० वटा वायुसेवा कम्पनीले नियमितरुपमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्दै आएकामा कतार एयरवेजले सबैभन्दा धेरै यात्रुलाई ओहोरदोहोर गराएको छ।

कतार एयरवेजले एक वर्षमा २३ सय ९८ उडान अवतरणमार्फत ५ लाख ९६ हजार ६० यात्रुलाई सेवा दिएको हो।

यात्रु संख्याका आधारमा नेपाल वायुसेवा निगम दोस्रो नम्बरमा छ। निगमले ३१ सय ७८ उडान अवतरणमार्फत ५ लाख ६० हजार १०८ यात्रुलाई सेवा दिएको छ।

यस्तै हिमालय एयरलाइन्सले ३७ हजार ९२ उडान अवतरणमार्फत ४ लाख ९९ हजार ३५३ यात्रुलाई ओहोरदोहोर गराएको छ।

स्रोत : नेपाल नागरिक उड्डयन प्राधिकरण