चन्द्रगढी उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौंमा आकस्मिक अवतरण

बिजमाण्डू
२०८१ पुष २२ गते ११:२७ | Jan 6, 2025
चन्द्रगढी उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौंमा आकस्मिक अवतरण


काठमाडौं। त्रिभुवन विमानस्थलबाट चन्द्रगढी उडान गरेको बुद्ध एयरको एटीआर-७२ जहाज प्राविधिक समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ।

Tata
GBIME
NLIC

जहाजमा प्राविधिक समस्या आएपछि सिंगल इन्जिनमार्फत काठमाडौंमा अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए।

९ एन-एजेएस कलसाइनको जहाज प्राविधिक समस्या देखिएपछि बीच बाटोबाट फर्काएर बिहान ११:१५ बजे अवतरण गराइएको हो।

‘हामीले जहाज आकस्मिक अवतरण गराएका छौं। अब हामी के खराबी छ भन्नेबारे इन्सपेक्सन गर्दैछौं,’ शेर्पाले भने।