दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

बिजमाण्डू
२०८१ मंसिर ५ गते १३:५७ | Nov 20, 2024
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति


काठमाडौं। साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

Tata
GBIME
NLIC

जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको हो। मंगलबार बिहान पक्राउ परेका प्रसाईंलाई प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो।

यसअघि पनि उनी असोज ६ गते पक्राउ परेका थिए। त्यसको ९ दिनपछि उनी एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।