काठमाडौं। साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको हो। मंगलबार बिहान पक्राउ परेका प्रसाईंलाई प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो।
यसअघि पनि उनी असोज ६ गते पक्राउ परेका थिए। त्यसको ९ दिनपछि उनी एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।