दसैं बिदापछि उकालो लाग्यो सुनको भाउ, प्रति तोला १४०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो

बिजमाण्डू
२०८१ असोज २९ गते ११:१३ | Oct 15, 2024
दसैं बिदापछि उकालो लाग्यो सुनको भाउ, प्रति तोला १४०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो


काठमाडौं। दसैं बिदापछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ हजार ४०० रुपैयाँ बढेको छ।

दसैं बिदा सुरु हुनुअघि असोज २३ गते प्रति तोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ६० हजार ५०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रति तोला १ हजार ९२५ रुपैयाँ पुगेको छ।