काठमाडौं। दसैं बिदापछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ हजार ४०० रुपैयाँ बढेको छ।
दसैं बिदा सुरु हुनुअघि असोज २३ गते प्रति तोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ६० हजार ५०० रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रति तोला १ हजार ९२५ रुपैयाँ पुगेको छ।