सातादिन पछि सुनको मूल्यमा गिरावट, आज प्रति तोला १ लाख ६० हजार ६०० कायम

बिजमाण्डू
२०८१ असोज १३ गते ११:२० | Sep 29, 2024
सातादिन पछि सुनको मूल्यमा गिरावट, आज प्रति तोला १ लाख ६० हजार ६०० कायम


काठमाडौं। एक सातासम्म बढेको सुनको मूल्य पुनः घटेको छ। साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँ घटेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रति तोला १ लाख ६० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार सुन ५ सय रुपैयाँ बढ्दै प्रति तोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य ३ दिन पछि घटेको छ। आइतबार चाँदी १० रुपैयाँ घटेर प्रति तोला १ हजार ९४५ रुपैयाँमा आइपुगेको छ

शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ९५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको भाउ घटेर प्रति औंस २६५८.३४ डलर आइपुगेको छ। चाँदी प्रति औंस ३१.६३ डलर छ।