काठमाडौं। एक सातासम्म बढेको सुनको मूल्य पुनः घटेको छ। साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रति तोला १ लाख ६० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार सुन ५ सय रुपैयाँ बढ्दै प्रति तोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य ३ दिन पछि घटेको छ। आइतबार चाँदी १० रुपैयाँ घटेर प्रति तोला १ हजार ९४५ रुपैयाँमा आइपुगेको छ
शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ९५५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको भाउ घटेर प्रति औंस २६५८.३४ डलर आइपुगेको छ। चाँदी प्रति औंस ३१.६३ डलर छ।