
काठमाडौं। सुनको मूल्य तीन दिनदेखि स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सामान्य उतारचढाव भए पनि स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको हो।
सोमबार तोलामा ३०० रुपैयाँले घटेर प्रति तोला एक लाख ५२ हजार रुपैयाँमा आइपुगेको थियो। सुनको मूल्यमा त्यसयता कुनै परिवर्तन आएको छैन।
चाँदीको मूल्य भने बिहीबार तोलामा १० रुपैयाँ बढेको छ। चाँदी प्रति तोला एक हजार ७ सय ६५ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस २४९४.३८ डलर छ। यस्तै, चाँदी प्रतिऔंस २८.२६ डलरमा कारोबार भइरहेको छ।