
काठमाडौं। सोमबारकै मूल्यमा मंगलबार स्थिर रहेको सुन साताको चौथो दिन तोलामा ८ सय रुपैयाँले बढेको छ। बुधबारका लागि कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार र मंगलबार सुन प्रति तोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा स्थिर थियो। चालु महिनाका लागि बुधबार हालसम्मको उच्च मूल्य हो। गत बुधबार तोलाको १ लाख ५३ हजार पुगेको सुनको मूल्य त्यसयता घटेको थियो।
चाँदी तोलामा ५ रुपैया बढेर प्रति तोला १ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन पनि चाँदी तोलामा १० रुपैयाँ बढेर प्रति तोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औैंस २५०८.९७ डलर छ भने चाँदी प्रति औंस २९.७२ डलर छ।