
काठमाडौं । आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला एक लाख ५१ हजार ४ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ।आइतबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८५० रुपैयाँ पुगेको छ।शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ८१५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनचाँदीको मूल्य बढ्दै प्रतिऔंस २५१२.१५ डलर र चाँदी २९.८३ डलरमा कारोबार भइरहेको छ।