
काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ। बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एकलाख ४५ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा १हजार १०० रुपैयाँले बढेर कारोबार मूल्य प्रति तोला एक लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रति तोला एक हजार ७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँले बढ्दा प्रति तोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस २३७७.४७ डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस २७.९४ डलर छ। बुधबार सुन प्रतिऔंस २३९५.५८ डलर र चाँदी प्रतिऔंस २८.९५ डलरमा कारोबार भएको थियो।