आइपीओ ल्याउने तयारीमा सिद्धार्थ हस्पिटालिटी, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

बिजमाण्डू
२०८१ साउन १ गते १२:५८ | Jul 16, 2024
आइपीओ ल्याउने तयारीमा सिद्धार्थ हस्पिटालिटी, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त


काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

Tata
GBIME
NLIC

सिद्धार्थ ग्रुपअन्तर्गतको आइपिओ जारी गर्न लागेको कम्पनी ‘सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडअन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन्।

मंगलबार विहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन्।

अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आइपीओ निष्कासन गरिने जानकारी दिए। उनका अनुसार कूल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो।