ओलीले दिए मन्त्रीहरूलाई काम गरेर देखाउन महिना, ६ महिना र वर्ष दिनको डेडलाइन

बिजमाण्डू
२०८१ असार ३१ गते २१:५५ | Jul 15, 2024
ओलीले दिए मन्त्रीहरूलाई काम गरेर देखाउन महिना, ६ महिना र वर्ष दिनको डेडलाइन


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई महिना, ६ महिना र एक वर्षको डेडलाइन दिएका छन्।

Tata
GBIME

ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकमा ओलीले मन्त्रीहरूलाई एक महिनामा मन्त्रालयमा केही न केही फरक देखिने काम गर्नुपर्ने निर्देशन दिएका हुन।

६ महिनामा आशा देखाउने काम गर्नुपर्ने र वर्ष दिनमा तथ्यांकमै प्रगति हुनेगरी काम गर्नुपर्ने ओलीले निर्देशन दिएको सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

मन्त्रिपरिषद्ले गरेका निर्णय यस्ता छन्-

१. २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने।

२. कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३०० दिनभित्र फ्लड लाइट र प्याराफिट जडान गर्ने।

३. अघिल्लो सरकारले मन्त्रिपरिषदमा लगेका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने।

४. विपदका घटनामा १० दिनसम्म पनि नभेटिएकालाई मृत घोषणा गरेर मृतकका परिवारलाई राहत उपलब्ध गराउने।

५. निमित्त मुख्यसचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने।