
काठमाडौं। अनलाइन सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका ३० वर्षीय किपेश महर्जनलाई नियन्त्रणमा लिएको हो।
उनले विभिन्न एपबाट दुई करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।