
काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासन स्वीकृति पाएको छ। कम्पनीलाई १:१ अनुपातमा स्वीकृति दिइएको नेपाल धितोपत्र बोर्डले बिहीबार जनाएको हो।
बोर्डका अनुसार प्रति कित्ता १०० रुपैयाँ दरले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नका लागि स्वीकृति दिइएको छ।
कम्पनीले सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।