सेबोन अध्यक्ष सिफारिसका लागि अर्को अन्तर्वार्ता बुधबार, गयल भए पनि नियुक्ति प्रक्रिया अगाडि बढाइने

बिजमाण्डू
२०८१ असार २ गते १८:३१ | Jun 16, 2024
सेबोन अध्यक्ष सिफारिसका लागि अर्को अन्तर्वार्ता बुधबार, गयल भए पनि नियुक्ति प्रक्रिया अगाडि बढाइने


काठमाडौं। नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष सिफारिसका लागि असार ५ गते अन्तर्वार्ताको मिति तय गरिएको छ।

Tata
GBIME
NLIC

आज अनुपस्थित भएका तीन जनाका लागि सिफारिस समितिले बुधबारको समय तय गरेको हो। बुधबार बिहान ९ बजे अन्तर्वार्ताको समय तोकिएको छ।

समितिले अन्तर्वार्ता र प्रिजेन्टेसनका लागि सिर्टलिस्टमा परेका ५ जनालाई आज बोलाएकामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाइँ र सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनुपस्थित भएका थिए।

सर्टलिस्टमा परेकामध्ये आज सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले मात्र अन्तर्वार्ता दिएका छन्।

कार्की, चापागाइँ र अधिकारी बुधबार फेरि अनुपस्थित भए पनि नियुक्ति प्रक्रिया अगाडि बढाउने समितिको तयारी छ।