बाफलमा सवारीको यान्त्रिक चेकिङ, अवस्था ठिक नभएका साधन चलाउने ५२ जनालाई कार्बाही

बिजमाण्डू
२०८१ जेठ १२ गते ११:२८ | May 25, 2024
बाफलमा सवारीको यान्त्रिक चेकिङ, अवस्था ठिक नभएका साधन चलाउने ५२ जनालाई कार्बाही

काठमाडौं। यान्त्रिक अवस्था ठीक नभएका ५२ वटा सवारीका चालकलाई ट्राफिक प्रहरीले कार्बाही गरेको छ। बाफलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा कार्बाही गरेको हो।  

Tata
GBIME

५६ वटा सवारी चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ५२ सवारीसाधन फेला परेका हुन्।  

अवस्था ठिक नभएका साधन चलाउँदा दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले चेकजाँच गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्बाहीमा परेका चालकहरुले आफ्ना सवारीसाधन मर्मत पश्‍चात तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता पाउने छन्।