मन्त्री अधिकारीले भने- सहकारीको समस्या सरकारले समाधान गर्ने होइन, सल्लाह दिने मात्र हो

बिजमाण्डू
२०८१ बैशाख २५ गते १९:१० | May 7, 2024
मन्त्री अधिकारीले भने- सहकारीको समस्या सरकारले समाधान गर्ने होइन, सल्लाह दिने मात्र हो
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बैंकले भन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धामा उत्रिंदा सहकारी संस्थामा समस्या सिर्जना भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले मंगलबार काठमाडौंमा गरेको गोष्ठीमा उनले सहकारीहरुमाथि आफ्नो मूल्य मान्यता र सिद्धान्तविपरीत अस्वस्थ प्रतिस्पर्धामा लागेको आरोप लगाए। अस्वस्थ प्रतिस्पर्धा लाग्दा समस्या सिर्जना भएको उनको भनाइ छ।

‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने गलत अभ्यासमा लागे। सहकारीको मूल्य मान्यता विपरीत काम भयो। बचतकर्ताको रकम दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन,’ उनले भने, ‘सरकारले सल्लाह दिने हो, समस्या समाधान गर्ने होइन। सहकारीमा आबद्धहरुले नै समाधान गर्ने हो।’

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताए।