टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो, गाडी सञ्चालन खर्च ३०% बचत हुने कम्पनीको दाबी

बिजमाण्डू
२०८१ बैशाख २५ गते १६:३३ | May 7, 2024
टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो, गाडी सञ्चालन खर्च ३०% बचत हुने कम्पनीको दाबी

काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ। ग्राहकमुखी अवधारण अनुरुप जेन्युइन पार्ट्सको मूल्य घटाइएको कम्पनीले मंगलबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ।

Tata
GBIME
Nepal Life

ग्राहकले अब सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन्। मूल्य समायोजन पश्चात ग्राहकले गाडी सञ्चालन खर्चमा ३०% बचत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपमा गाडी चेकजाँच गराउँदा कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङ तथा मर्मत कार्यको फाइदा उठाउन सक्नेछन्।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्युइन् पार्टसमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आएको छ।