पठाओले यात्रुका लागि थप्यो सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

बिजमाण्डू
२०८१ बैशाख २५ गते १५:५१ | May 7, 2024
पठाओले यात्रुका लागि थप्यो सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

काठमाडौं। ५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले कार प्लस सुविधा सुरू गरेको छ। कम्पनीले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि नयाँ फिचर्स थपेको हो।

Tata
GBIME
Nepal Life

कार प्लसका गाडी राम्रोसँग मेन्टेन गरिएका र एसी सुविधासहित हुने पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

नयाँ फिचर्स पठाओ कार बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ। यो फिचर हालका लागि काठमाडौं उपत्यकामा मात्र लागू गरिएको छ।