सेयर बजारमा सामान्य सुधार, २.०६ अंकले बढ्यो नेप्से, २ अर्ब १४ करोडको कारोबार

बिजमाण्डू
२०८१ बैशाख २५ गते १५:२३ | May 7, 2024
सेयर बजारमा सामान्य सुधार, २.०६ अंकले बढ्यो नेप्से, २ अर्ब १४ करोडको कारोबार

काठमाडौं। साताका दुई दिन निरन्तर ओरालो लागेको सेयर मंगलबार अन्तिममा सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ को विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

लघुवित्त, विकास बैंक, म्युचुअल फन्ड र अन्य उपसमूहले बजार बढाएका हुन्। कारोबारमा आएका ३१४ मध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ।

हिमालयन लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतले बढेको हो।

गत साता लगातार उकालो लागेको फाइनान्स उपसमूहको सूचक १.०२ प्रतिशतले घटेको छ।  मंगलबार ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक १.०९ प्रतिशतले ओरालो लागेको छ।

११४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले ६.२३ प्रतिशतले गुमाएका छन्।

२ अर्ब १४ करोड ५ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक पोखरा फाइनान्सको सेयर कारोबार भएको छ।

उक्त कम्पनीको ८ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। दोस्रोमा आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाखको सेयर किनबेच भएको छ।